पूर्वी युक्रेनमा मानवीय अवस्था अत्यन्तै डरलाग्दो

काठमाडौँ । संयुक्त राष्ट्रसंघले शुक्रबार पूर्वी युक्रेनमा मानवीय अवस्था अत्यन्तै डरलाग्दो रहेको जानकारी गराएको छ । राष्ट्रसंघले युक्रनेमा भएको द्धन्द्धका कारण मानविय अवस्था अत्यन्तै नाजुक भएको भन्दै रुसी आक्रमणको चार महिना बितिसक्दा पनि झन् खराब हुँदै गएको जानकारी दिइएको छ ।

ूयुद्ध शुरु भएको झण्डै चार महिनादेखि युक्रेनभरिको मानवीय अवस्था विशेष गरी पूर्वी डोनबासमा अत्यन्तै डरलाग्दो भएको छ । यो अवस्था तीव्ररूपमा बिग्रँदै गएको छ, संयुक्त राष्ट्रसंघको मानवीय एजेन्सीले विज्ञप्तिमार्फत जानकारी दिइएको छ ।