साताको अन्तिम दिन पनि नेप्से परिसूचकको पहिरो रोकिएन

काठमाडाौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लाग्योको छ । शेयर कारोबार हुने साताको अन्तिम दिन शुक्रबार बिहान ११ बजेदेखि मध्याह्न १ बजेसम्म भएको कारोबारमा नेप्से परिसूचक ७.५६ अङ्कले ओरालो लागेर १ हजार ९७१.३८ मा आरोलो लागेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६९ अङ्कले ओरालो लागेर ३८१.१४ मा झरेको छ ।

कूल २ सय २० कम्पनीको २३ लाख ५५ हजार १ कित्ता शेयर  ७३ करोड ६३ लाख १२ हजार १ सय ५८ मूल्यमा खरिद बिक्री भएको छ । आजको कारोबारपछि बजार पुँजीकरण रु २८ खर्ब १० अर्ब ६९ करोड ६१ लाख ८० हजार बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये शुक्रबार सामूहिक लगानी कोषको मात्रै शेयर मूल्यमा वृद्धि भएको छ । सो उपसमूहको शेयर ०.०१ अङ्कले उकालो लागेको छ । त्यस्तै, बैंकिङ ५.०८, व्यापार ९.४२, होटल तथा पर्यटन १५.९, विकास बैंक १४.२१, जलविद्युत् १८.६९, वित्त ८.३८, निर्जीवन बीमा १८.५८, उत्पादन ८.११, अन्य ८.२, लघुवित्त १.८१, जीवन बीमा २.९४ र लगानी ०.३७ अङ्कले उकालो लागेको छ । 

आज कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा रहन सफल भएको छ । सो कम्पनीको रु १० करोड १४ लाख ७० हजार ८ सय ७९ बराबरको कारोबार गरेको छ । त्यस्तै, सेञ्चुरी बैंक ६ करोड ४७ लाख ९४ हजार १ सय ८, एनसीसी बैंक ४ करोड ९ लाख २३ हजार, कुमारी बैंक २ करोड ८६ लाख २९ हजार २ सय ४९ र लक्ष्मी बैंक २ करोड २६ लाख ३७ हजार १ सय ६४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएको छ  ।

नेप्सेका अनुसार आँधीखोला लघुवित्तको शेयर मूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । सिवाइसी नेपाल लघुवित्त ४.०२, लुम्बिनी जनरल इन्स्योरेन्स ३.४६, सानिमा लाइफ इन्स्योरेन्स ३.०६ र प्रिमियर इन्स्योरेन्सका लगानीकर्ताले २.५६ प्रतिशतले कमाउन सफल भएका छन् ।

 रिभर फल्स पावर लिमिटेड ५.९३, बुद्धभूमि नेपाल हाइड्रोपावर ४.६४, सिङ्गटी हाइड्रोपावर ४.३४, गणपति लघुवित्त ३.८९ र माउण्टेन हाइड्रो पावरका लगानीकर्ताले ३.८७ प्रतिशतले गुमाएका छन् ।