कस्तुरीको विना जस्तो देखिने धुलो सहित कोरियन नागरिक पक्राउ

काठमाडौं । कस्तुरीको विना जस्तो देखिने धुलो सहित एकजान पक्राउ परेका छन् । पक्राउ पर्नेमा कोरियन नागरिक राहदानी नम्बर एम ८२६२०३६१ वाहक ५५ वर्षीय जङ जून रहेका छन् । जनलाई करिब ७ सय १६ ग्राम कस्तुरीको विना जस्तो देखिने धुलो पदार्थ सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

कोरियन एयरको उडानद्वारा काठमाडौंबाट कोरियाको सिओल जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको ह्‍याण्ड व्यागेज चेकिङ एरियामा जाँच गर्नेक्रममा निजले लगाएको जुत्ताभित्र प्लास्टिक र टेपले बेरिएको २ पोकामा रहेको उक्त पदार्थ फेला पारी प्रहरीले पक्राउ गरेको जानकारी गराएको छ ।


उनलाई आवश्‍यक अनुसन्धान एवं कारबाहीको लागि डिभिजन वन कार्यालय हात्तिसार काठमाडौंमा पठाइएको प्रहरी कार्यलयले जानकारी दिइएको छ ।