बैंकिङ कसुर मुद्दामा फरार शर्मा र गुरुङ पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार रहेका दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी घर भई ललितपुर बस्ने २८ वर्षीय गौरभ शर्मा र धादिङ घर भई काठमाडौँको मनमैजु बस्ने ३१ वर्षीय प्रेमबहादुर गुरुङ रहेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले उच्च अदालत पाटनको फैसलाअनुसार जरिवना र कैद सजाय तोकिएका उनीहरुलाई आज पक्राउ गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनबाट बंैकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम कैद तथा जरिवाना ठहर भएका शर्मा र गुरुङलाई आज बालुवाटारबाट पक्राउ गरिएको जानकारी दिएका छन् ।

पक्राउ शर्मालाई अदालतले ११ दिन कैद सजाय तथा रु ५५ लाख जरिवना तथा गुरुङलाई ९ लाख ९० हजार जरिवाना तथा दुई दिन कैद सजाया हुने फैसला गरेको थियो । पक्राउ परेका दुवैलाई फैसला कार्यान्वयनका लागि आज जिल्ला अदालत ललितपुर पेश गरिएको प्रवक्ता महतोले बताएका छन् ।