प्रचण्ड, नेपाल लिएर निजगढ विमानस्थल अनुगमन गर्न पुगे प्रधानमन्त्री देउवा

काठमाडौं । सत्ता साझेदार दलका दुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,माधवकुमार नेपाल र उपेन्द्र यादव सहित प्रधानमन्त्री देउवा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल अनगुमनग गर्न बारा पुगेका छन् ।

बारा स्थित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका विषयमा सर्वोच्चले रोक लगाएपछि चलेको चर्को बहशका कारण न्यायालय नै विवादमा मुछिएको छ ।

सर्वोच्च अदालतले विकास कार्यमा अवरोध गर्ने गरी निर्णय गरेको भन्दै लामो समयदेखि सामाजिक सञ्जालमा चर्को बहश चलिरहेको छ ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि रोक लगाए पछि चलेको चर्को वहश पछि अनुगमनमा पुगेका प्रधानमन्त्री देउवाको साथमा खानेपानी मन्त्री उमाकान्त चौधरी पनि रहेका छन् ।