यमबुद्धको सालिक निर्माण गर्न बालेनको तीन वर्षको तलव लाग्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाको बजेटमा आत्महत्याका कारण मृत्युवरण गरेका र्‍याप गायक यमवुद्धको सालिक निर्माण गर्ने उल्लेख भएसँगै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले यतिखेर सामाजिक सञ्जालमा निकै गाली खाईरहेका छन् ।

स्वतन्त्र उम्मेदवारका तर्फबाट महानगरमा निर्वाचित बालेनलाई दलहरुको विपक्षमा जनता छन् भन्ने देखाएपनि अहिले बालेनको काम गराई देखेर उनीहरु छक्क परेका छन् ।

सामाजिक सञ्जालहरुमा बालेनका विपक्षमा आवाज उठ्न थालेपछि उनले यमवुद्धको शालिक महानगरपालिकाको खर्चबाट नभएर आफ्नै तलवबाट निर्माण गर्ने भन्दै फेसबुक पेज मार्फत उद्घोष समेत गरेका छन् ।

बालेनको यो उद्घोषले उनलाई हेर्ने दृष्टिकोणमा फरकधार नै अपनाएका छन् । बालेनलाई सामाजिक सञ्जालमा यो विषयले निकै विवाद भने बनाएको छ । उनलाई महानगरबासीको तत्कालको आवश्यकता भन्दा पनि अन्यत्र सोच बनाएको आरोप पनि लागेको छ ।

सामाजिक सञ्जालमा पत्रकार रामप्रसाद खनालले आफू बालेनको समर्थक भएको भएपनि अहिलेको अभिव्यक्तिले मतदातालाई चुनौति दिएको जस्तो देखिएको भन्दै खिन्नता व्यक्त समेत गरेका छन् ।

काठमाडौं महानगरपालिकाले र्‍याप गायक यमवुद्धको सालिक निर्माण गर्ने १५ लाख विनियोजित गरेको थियो । कानूनत काठमाडौं महानगरपालिकाको प्रमुखले मासिक ४२ हजार भत्ता र ३ जहार सञ्चार सुविधान पाउने नियम छ । यदि बालेनले भने जस्तै आफ्नै तलवबाट सालिक निर्माण गर्ने हो भने उनले करीव तीन वर्षको तलवबाट मात्र सालिक निर्माण गर्न सक्ने भएका छन् ।

के यो सम्भव होला त ? कतै बालेनले आफ्नै तलवबाट सालिक बनाउँछु भनेर दिएको चुनौतीलाई सहज रुपमा स्वीकार गर्न सक्ने अवस्था होला त ? सामाजिक सञ्जालमा बालेनको यो कदम धेरै नागरिक रुष्ट हुँदै आफ्नै तलवबाट सालिक निर्माण गरिएपनि सार्वजनिक जग्गामा सालिक निर्माण गर्न नदिने अभिव्यक्ति समेत पोख्न थालेका छन् ।