सप्तरीबाट पेस्तोल बरामद

काठमाडौँ । सप्तरीबाट पेस्तोल बरामद भएको छ । राजगढ गाउँपालिका–२ बनैनियाँस्थित नेपाल–भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले एउटा कटुवा पेस्तोल बरामद गरेको छ ।

उक्त पेस्तोलमा प्रयोग हुने एक राउन्ड गोली पनि बरामद गरेको सशस्त्र प्रहरी बल ६ नं गण हेड क्वार्टरका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रदीप खड्काले जानकारी दिएका छन् ।