पाँच हजार १ सय ३१ जना प्रहरी जवान दीक्षित

काठमाडौँ । विभिन्न प्रदेश प्रहरी तालिम केन्द्र तथा गणहरूमा २०७८ असोज १७ गतेदेखि संचालित प्रहरी जवान आधारभूत तालिममा सहभागी ५ हजार १ सय ३१ जना प्रहरी जवानहरू बिहीबार दीक्षित भएका छन् । ती मध्ये ७ सय १४ जना महिला र ४ हजार ४ सय १७ जना पुरूष रहेका छन् ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका छन् । उक्त दीक्षान्त समारोहमा ५ सय २४ जना, नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबी सुनसरीका ९२ जना र १ नम्बर प्रदेश प्रहरी गण बिराटनगरका ९८ जना गरी जम्मा ७ सय १४ जना प्रशिक्षार्थीहरु दीक्षित भएका छन् ।

नेपाल प्रहरी केन्द्रीय बिशेष कार्यदल कपनको दीक्षान्त समारोहमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विद्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विष्णु कुमार केसीले प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका छन् । उक्त दीक्षान्त समारोहमा ९७ जना प्रशिक्षार्थीहरू दीक्षित भएका छन् ।

काठमाडौं उपत्यका प्रहरी शिक्षालय महाराजगंजको दीक्षान्त समारोहमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव महानिरीक्षक किरण राणाले प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका छन् । उक्त शिक्षालयबाट ९५ जना प्रशिक्षार्थीहरू दीक्षित भएका छन् ।

दीक्षान्त समारोहका प्रमुख अतिथिहरूले प्रहरी जवान आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गरेका प्रशिक्षार्थीहरूलाई बधाई तथा सफलताको कामना व्यक्त गर्दै आवश्यक निर्देशनसमेत दिइएका थिए ।