झडपमा इजरायली सैनिक र दुई प्यालेस्टाइनीको मृत्यु

काठमाडौँ । कब्जामा रहेको वेस्ट बैंकमा अवस्थित एक प्रहरी जाँचचौकीनजिकै बुधबार राति भएको झडपमा एक इजरायली सैनिक र दुई प्यालेस्टाइनीको मृत्यु भएको छ ।

गिल्बोआ क्रसिङनजिकै रातभर प्यालेस्टाइनी आतङ्ककारीहरुसँगको झडपमा आइडिएफ सेना एक अधिकारीको मृत्यु भएको इजरायली सेनाद्वारा प्रकाशित विज्ञप्तिमा जानकारी गराएको छ ।

उक्त घटनामा प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले प्रहरी जाँचचौकीनजिकै दुई युवा शहीद भएको पुष्टि गरेको छ ।