पुरानोबानेश्वरबाट प्रकाशमानले थाले घरदैलो अभियान

काठमाडौँ । काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार प्रकाशमान सिंहले मंसिर ४ को निर्वाचनलाई लक्षित गर्दै चुनावी अभियान सुरु गरेका छन् । सिंहले आज बिहान पुरानोबानेश्वरबाट घरदैलो अभियान सुरु गरेका हुन् ।

अहिलेको गठबन्धनले नै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान अनुसारको व्यवस्थालाई थप मजबुत बनाउँदै देशमा राजनीतिक स्थिरता ल्याउने दाबी गर्दै अभियान सुरु गरेका हुन् ।

अभियानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्न, संघीय शासन व्यवस्थालाई मजबुत बनाउन, संविधानको रक्षा गर्न वाम–लोकतान्त्रिक गठबन्धन गर्नु परेको बताएका छन् ।