कञ्चनपुरमा चुनावको तयारी तीव्र

काठमाडौं । कञ्चनपुरमा आसन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि तयारी तीव्र पारिएको छ ।

मुख्य निर्वाचन अधिकृत धु्रवकुमार शाहले जिल्लाका ३ वटै निर्वाचन क्षेत्रका लागि मतपत्रलगायत निर्वाचन सामग्री पुगिसकेको र मतदान केन्द्रअनुसार मतपत्र मिलाउने, मतपेटिका, छाप, स्ट्याम्प प्याड, कपडालगायत सामग्री व्यवस्थापनको काम भइरहेको बताए ।

जिल्ला निर्वाचन कार्यालयका कर्मचारी निर्वाचन सामग्री व्यवस्थापनमा व्यस्त भएको छन् । मतपत्र र अन्य निर्वाचन सामग्री पुगिसकेको छ । प्रत्येक निर्वाचन क्षेत्रमा मतदाताभन्दा बढी मतपत्र आएको उनले बताए ।

जिल्ला निर्वाचन अधिकारी जोशीका अनुसार एक मतदान केन्द्रमा ८ जनाका दरले २ हजार ७ सय ६८ कर्मचारी छनोट भइसकेको छ । कर्मचारीलाई तालिम दिइरहेका छौँ, तालिमपश्चात् निर्वाचन सामग्री र मतपत्र दिएर उनीहरुलाई मतदानस्थल पठाइने उनले बताए ।

प्रतिनिधिसभाका लागि निर्वाचन क्षेत्रमा रहेको जिल्लाहरु क्षेत्र नं १ मा ९१ हजार १ सय १०, २ मा १ लाख ५ हजार ५ सय ७७ र ३ मा ९७ हजार ८ सय २२ मतदाता रहेका छन् । कञ्चनपुरमा १ सय ३२ मतदानस्थल र ३ सय ४६ मतदान केन्द्र रहेका छन् ।