प्रमोद खरेल र बादल थापा लेबनान अध्यागमनको नियन्त्रणमा

काठमाडौं । गायक प्रमोद खरेल र बादल थापालाई लेबनानको अध्यागमनले नियन्त्रणमा लिएर छाडेको छ । सांस्कृतिक कार्यक्रमका लागि साइप्रस हिंडेका उनीहरुलाई अध्यागमनले २० घण्टा नियन्त्रणमा लिएको हो ।

उनीहरुको भिसामा शंका लागेपछि राजधानी बेरुतस्थित रफिक हरारी विमानस्थल अध्यागमनका कर्मचारीले शनिबार राति नियन्त्रणमा लिएका थिए ।

उनीहरु साइप्रस नपुग्दा त्यहाँ नेपाली समुदायले आयोजना गरेको कल्चरल म्युजिक प्रोग्राम इन साइप्रस स्थगित भएको छ । कोष ओभरसिज प्रालि र एसएम इभेन्ट इन्टरटेनमेन्ट एण्ड ट्राभल सोलुसनले कार्यक्रम आयोजना गरेका थिए ।