विश्वकपका लागि मेक्सिको र क्यानडाको टोली घोषणा

काठमाडौं । कतारमा मङ्सिर ४ गतेदेखि आयोजना हुने फिफा विश्वकप फुटबलका लागि मेक्सिको र क्यानडाले खेलाडी टोलीको घोषणा गरेका छन् । मेक्सिकोले मङ्गलबार बन्द प्रशिक्षणमा रहेका ३१ खेलाडीबाट २६ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको हो ।

टोलीको गोलरक्षकमा गिलेर्मे ओचोआ, रोडोल्फो कोटा र अल्फ्रेडो टालाभेरा हुन् । रक्षकहरुमा नेस्ट्रो अराउजो, जेसस गालार्डो, जेरार्डो अर्टेगा, हेक्टर मोरेनो, जोर्गे सान्चेज, जोहान भाज्केज, सेजार मोन्टेस र केभिन अल्भारेज रहेका छन् ।

यस्तै मिडफिल्डरहरुमा एरिक गुटिएरेज, ओर्बेलिन पेनेडा, हेक्टर हरेरा, कार्लोस रोड्रीग्वेज, आन्द्रेस ग्वाड्राडो, रोबर्टो अल्भाराडो, एड्सन अल्भारेज, लुइस चाभेज, उरीएल अन्तुना र लुइस रोमो हुन् ।

स्ट्राइरहरुमा हर्भीङ लोजानो, रोजेलिओ फुनेस मोरी, हेनरी मार्टिन, राउल जिमिनेज र एलेसिस भेगा हुन । मेक्सिको कतार विश्वकपमा समूह ‘सी’ मा रहेको बताएका छन् । यस समूहमा मेक्सिकोसँगै अर्जेन्टिना, साउदी अरब र पोल्यान्ड हुन् । मेक्सिकोले मङ्सिर ६ गते पोल्यान्डसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।

क्यानडाले सोमबार राति घोषणा गरेको कतार विश्वकप २६ सदस्यीय टोलीको गोलरक्षकहरूमा मिलान बोर्जन, जेम्स पेन्टेमिस र डेन सेन्ट क्लेयर हुन । रक्षकहरुमा कमल मिलर, स्टिभन भिटोरिया, जोएल वाटरम्यान, डेरेक कर्नेलियस, साम एडेकुग्वे, एलिस्टेएर जोनस्टन र रिची लारेआ हुन् ।

मिडफिल्डरहरुमा एटिबा हचिन्सन, स्टिफन युस्टाक्वियो, जोनाथन ओसोरियो, मार्क–एन्थोनी काए, साम पिएट, स्माइल कोन, लियाम फ्रासेर र डेभिड वुदर्सपुन हुन्। यस्तै ट्राइकरहरुमा ताजोन बुचानन, अल्फन्सो डाभिस, जोनाथन डेभिड, जुनियर होइलेट, साइल लारिन, लुकास काभालिनी, लियाम मिलर र इके उग्वो रहका छन्।

क्यानडा यस विश्वकपमा समूह ‘एफ’ मा छ । यस समूहमा बेल्जियम, मोरक्को र क्रोएसिया छन् । क्यानडाले मङ्सिर ७ गते बेल्जियमसँग खेल्दै विश्वकपको सुरुवात गर्ने भएको छ ।