काठमाडौं, ललितपुर र भक्तपुरमा सवारी साधन सञ्चालनमा रोक

काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा काठमाडौं उपत्यकमा सार्वजनिक सवारी साधन सञ्चालन नहुने निर्णाय भएको छ । निर्वाचमा शान्ति सुरक्षालाई दुष्टिगत गरी काठमाडौं, ललितपुर र भक्तपुरमा सवारी साधन सञ्चालनमा रोक लगाइएने बताएका छन् । मतदानका दिन बिहान ४ गतेदेखि बेलुकी ७ बजेसम्म उपत्यकामा सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको छ।

काठमाडौंका प्रजिअ घनश्याम उपाध्यायले जानकारी दिए अनुसार ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको संयुक्त बैठकले मतदानका दिन निर्वाचन आयोगको मापदण्ड अनुसार सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।

उपाध्यायले भने निर्वाचन आयोगले मापदण्ड तोकेका र पास भएका सवारी साधनबाहेक अन्य सार्वजनिक सवारी साधन नचल्ने बताए । बैठकको निर्णाय अनुसार सवारी साधनको व्यवस्थापन गर्ने, मदिराको ओसारपसार, बिक्रीवितरण र सेवनमा रोक लगाउने भएको छ ।

मंसिर १ र २ गते ३ वटै जिल्लामा प्रशासनले अत्यावश्यक सेवाबाहेक अरु सेवा बन्द गर्ने निर्णय गरिएको छ । खानेपानी, विद्युत्, एम्बुलेन्स, दमकलजस्ता अत्यावश्यक सवारी साधन भने सञ्चालन हुने जानकारी दिएका छन्