किन पछि परे ५ पटक चुनाव जितेका झलनाथ खनाल ?

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल मत गणनामा परेका छन्। ५ पटकको संसदीय निर्वाचन जितेका खनाललाई यसपटक भने आफ्नै पूर्व पार्टी नेकपा एमालले जितका लागि चुनौती दिइरहेको छ। उनलाई एमालेका महेश बस्नेतले ८ हजार ५६ मत ल्याएर पछि पारेका छन्। खनालकोे ६ हजार ८ सय ४९ मत आएको छ।

स्थानीय तह निर्वाचनका बेलामा पनि खनाल निकट नेताहरुको पनि अपेक्षाकृत नतिजा आएको थिएन। उनले प्रतिनिधि सभामा गठबन्धन गर्ने बेलामा पनि एमालेसँग मिल्न सकिने भन्दै पार्टीभित्र बहस समेत गराएका थिए। एमाले विभाजन गरेर एकीकृत समाजवादीमा लागेपछि खनाललाई चुनावमा चुनौती थपिएको थियो। कांग्रेसविरुद्ध दिएको अभिव्यक्तिका कारण पनि खनाललाई चुनावमा जित निकाल्न मुस्किल भएको देखिन्छ ।

एकीकृत समाजवादीकै अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष माधवकुमार नेपालले अग्रता कायम गर्दा खनाल पछि परेका हुन्।

इलाम १ बाट प्रतिनिधि सभाको उम्मेदवार रहेका खनाल २०४८ साल यताको निर्वाचनमा इलामबाट निर्वाचित हुदै आएका थिए। २०५१, २०६४, २०७० र २०७४ गरि ५ पटक इलाम १ बाटै प्रतिनिधि सभामा निर्वाचित भएका थिए।