सुन चाँदीको मूल्य बढ्यो

काठमाडौँ । आज छापावाल सुनको मूल्य प्रतितोला ५ सयले बढेको छ । बुधबार प्रतितोला ९७ हजार ६ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९८ हजार १ सयमा तोकिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ६ सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार १ सयमा किनबेच भएको थियो ।

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला ४० ले बढेर १ हजार ३ सय ३० पुगेको महासङ्घले जनाएको छ ।