सेनाद्वारा बास्कोटाको घरमा भेटिएको शंकास्पद वस्तु निष्क्रिय

काठमाडौँ । नेपाली सेनाद्वारा बास्कोटाको घरमा भेटिएको शंकास्पद वस्तु निष्क्रिय पारेको छ । नेकपा एमालेका नेता एवम् नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाको भक्तपुरस्थित घरमा शंकास्पद वस्तु भेटिएको थियो ।

आजा बिहान बास्कोटाको घरमा शंकास्पद वस्तु भेटिएको सूचना पाएपछि प्रहरीले सो वरपरको क्षेत्र नियन्त्रणमा लिएर नेपाली सेनाको टोलीलाई बोलाएको थियो ।

बास्कोटाको घरको पर्खाल छेउमा शंकास्पद बस्तु देखेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । यसअघि बास्कोटाको घर बन्दै गर्दा २०७६ फागुनमा बम विष्फोट हुँदा घरमा क्षति समेत पुगेको थियो ।