अर्जेन्टिना क्वार्टरफाइनलमा प्रवेश

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको अर्जेन्टिना क्वार्टरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा अर्जेन्टिनाले अष्ट्रेलियालाई २-१ गोलले हराएको थियो ।

अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सी र जुलियन अल्भारेजले गोल गरेका थिए । अष्ट्रेलियाले आत्मघाती गोल उपहार पाएका थिए ।मेस्सीले १ हजार खेलमा ३५औं मिनेटमा गोल गरेका थिए ।

५७औं मिनेटमा जुलियन अल्भारेजले अष्ट्रेलियाका गोलरक्षकको हातबाट फुस्किएको बलमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएका थिए । खेलको ७७औं मिनटमा अष्ट्रेलियाले आत्मघाती गोल उपहार पाएको थिए ।