काठमाडौं महानगरका प्रमुखलाई प्रधानमन्त्रीले भने “नडराउनु”

काठमाडौं, वैशाख । चार वर्ष अगाडि आजैका दिन अर्थात वैशाख १२ गते गएको निवासकारी भूकम्पनले करीव ९ हजार नागरिकको ज्यान गयो । हजारौ नेपालीहरु विस्थापित घरबार विहिन भए । अझै पनि भूकम्प पीडितहरुले घर निर्माण गर्न सकेका छैनन् । अझै पनि भूकम्पलने झस्काउन भने छाडेको छैन ।
बैशाख १२ गतेको भूकम्पको स्मरण गर्दै काठमाडौं महानगरपालिका र राष्ट्रिय पुर्न निर्माण प्राधिकरणले संयुक्त रुपमा २०७२ गोरखा भूकम्पको चौथो स्मृति सभाको आयोजना गरे । कार्यक्रमको प्रमुख अतिथि थिए प्रधानमन्त्री केपी शर्मा ओली । भूकम्प स्मृति सभालाई सम्वोधन गर्दै ओलीले काठमाडौं महानगर प्रमुख विद्या सुन्दर शाक्यलाई ढाडस दिँदै भने डराउनु पर्दैन ।
जनतालाई लाभ हुने काम गर्न डराउनु नपर्ने भन्दै बागदरबार हरिदरबार भएको भन्ने हेक्का राख्न प्रधानमन्त्रीले सचेत पनि गराए । कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले गोरखा भूकम्प २०७२ बाट उठ्न नेपाली सामाजिक सद्भावले ठूलो काम गरेको उल्लेख गरे । सुरक्षा निकाय, स्थानीय सरकार र कर्मचारीको अथक प्रयासबाट बिपत्तिबाट उठ्न सकेको बताउँदै उनले समस्यामा साथ दिने छिमकी तथा कुटनीतिक सम्बन्ध भएका मुलुक र दातृ निकायलाई धन्यवाद दिंदै अबको २० महिनामा पुननिर्माणका सबै काम सकिने आश्वासन दिए ।
कार्यक्रममा महानगर प्रमुख बिद्यासुन्दर शाक्यले — महानगरले जे गरे पनि बिरोध गरिहाल्ने प्रबृत्ति र सम्पन्न हुन लागेको कामको जस कसले लिने भन्ने साझेदारको होडबाजीले पुननिर्माणमा समस्या परेको उल्लेख बताए । ‘अहिले पुननिर्माण प्राधिकरणले जसरी रानीपोखरी पुननिर्माण गरिरहेको छ । हामीले पनि त्यसरी नै बनाउँछौं भनेका थियौं । त्यसोभन्दा हाम्रो बिरोध गर्नेहरु अहिले रानीपोखरीमा डोजर चल्दा केही बोल्दैनन् ’। उनले दुखेको गरे ।
काठमाडौंमा ठूला ठूला संरचना निर्माण बनेका छन्, बीर अस्पताल बन्यो । दरबार हाइ स्कूल बन्यो । नेपाली सेनाको भवन बन्यो । कसैले केही भनेन । ३० लाख जनतालाई सेवा दिने महानगरको कार्यालय बनाउन खोज्दा हाम्रो बिरोध भयो शाक्यले विरोध गर्नेहरुलाई स्मरण गराए ।