अवैध लागूऔषध सहित १ जना पक्राउ

काठमाडौं । सर्लाहीको पर्सा गाउँपालिका-१ सितलपुरबाट अवैध लागूऔषध गाँजा १० केजी सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

सिमा प्रहरी चौकी संग्रामपुरबाट खटिएको प्रहरीलाई देख्नासाथ नेपालबाट भारततर्फ जाँदै गरेको बिआर ३० एस ११२४ नम्बरको मोटरसाइकल छाडी चालक फरार भएपश्चात प्रहरीले जानकारी दिएका छन् ।

यसैगरी मोटरसाइकलमा रहेको प्लाष्टिकले बेरेको कार्टुनमा उक्त लागूऔषध फेला पारी बरामद गरेको छ । हालसम्म यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भएको बताएका छन् ।