सरकार गठनबारे प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच छलफल जारी

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच बालुवाटारमा छलफल जारी भएको छ । उनीहरु बिच सरकार गठनबारे छलपल भएको छ ।

प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार आधा घण्टादेखि उनीहरुबीच छलफल भइरहेको जानकारी दिएका छन्। यसैगरी गठबन्धनका शीर्ष नेताहरू निरन्तर छलफलमा जुट्दै आएका छन्

राष्ट्रपतिद्वारा सरकार गठनका लागि दलहरूमा आव्हान गरिएको अन्तिम समयसीमा आज साँझ सकिँने बताएका छन् ।
त्यस्तै प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच भने छुट्टाछुट्टै छलफल हुँदै आएको बताएका छन् ।