ओली, प्रचण्ड र लामिछानेबीच भेटवार्ता

काठमाडौँ । ओली निवास बालकोटमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका अध्यक्ष रवि लामिछानेबीच छलफल सुरु भएको छ ।

सो छलफलमा राष्ट्रिय जनता पार्टी राजपाका नेता अशोक राई पनि सहभागी भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले २ वा २ भन्दा बढी दलको समर्थनमा सरकार बनाउन आव्हान गरेको १ हप्ताको समय आज ५ बजे सकिनु अघि सो भेटवार्ता भएको बताएका छन् ।

भेटवार्तामा एमाले, माओेवादी, रास्वपा र राजपाका शीर्ष नेता पनि सहभागी रहेका अध्यक्ष ओलीको सचिवालयले जानकरी दिएका छन् ।

यसैगरी सो भेटवार्ताअघि एमाले अध्यक्ष ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच पनि भेट भएको थियो ।