दिउँसो ४ बजे नव नियुक्त प्रधानमन्त्रीले शपथ लिने

काठमाडौं । नव नियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले आज दिउँसो ४ बजे शपथ ग्रहण लिने भएका छन् । उनी तेस्रो पटक प्रधानमन्त्रीका रुपमा शपथ ग्रहण गर्दैै छन् ।
दाहालले अपराह्न ४ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा शपथ ग्रहण गर्नेछन । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री दाहाललाई पद तथा गोपनीयताको शपथ खुवाउनेछिन्।

एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी,राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी , जनमुक्ती पार्टी, नागरिक उन्मुक्ती पार्टी ३ जना स्वतन्त्र सांसद सहितको समर्थनबाट तेश्रो पटक प्रधान मन्त्री हुन लागेका दाहालले आजै सानो आकारको मन्त्रिमण्डल गठनको तयारी गर्ने सम्भावना रहेको छ।