दौरा सुरुवाल लगाएर शपथका लागि राष्ट्रपति कार्यालय पुगे प्रचण्ड

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पद तथा गोपनीयताको शपथ लिन राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । दाहाल दौरा सुरुवाल लगाएर शपथ लिन पुगेका छन् ।

दाहालले केही बेरमा तेस्रो पटक प्रधानमन्त्रीका रूपमा शपथ खाँदैछन् । उनले पहिलो पटक दौरा सुरुवालमा प्रधानमन्त्रीका रूपमा शपथ लिने भएका छन् ।

पूर्वप्रधानमन्त्रीको हैसियतमा सरकारी सभा समारोहमा जाँदा पनि उनी कोट, पाइन्टमै जाने गरेका थिए । यसपटक उनी दौरा सुरुवाल लगाएर शपथ लिन शीतल निवास पुगेका छन् ।