राष्ट्रिय सभा उपनिर्वाचनका लागि दल दर्ता गर्न आयोगकाेअनुराेध

काठमाडाैँ ।  राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगले अनुराेध गरेकाे छ ।

आइतबार आयोगले  सूचना जारी गर्दै रिक्त राष्ट्रिय सभा सदस्य पदमा हुने उपनिर्वाचनका लागि  संविधानको धारा २७१ अनुसार दल दर्ता गर्न अनुराेध गरेको हो ।

लुम्बिनी प्रदेशबाट अन्य समूहको रिक्त राष्ट्रिय सभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ। प्रतिनिधि सभा चुनावमा उठ्न राष्ट्रिय सभाका सदस्य खिमलाल भट्टराईले राजीनामा दिएपछि सो पद रिक्त भएकाे थियाे  ।

आयोगमा दर्ता कायम रहेका दलहरुले पुस २५ गतेदेखि २८ गतेसम्म दल दर्ताका लागि निवेदन दिन सक्ने छन् ।