काठमाडौंँ । सिन्धुलीको, कमलामाई नगरपालिका-९ बाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब ५ ग्राम ८ मिलिग्रामको साथै नगद ३८ हजार रूपैयाँ र मोबाइल २ थान सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं कीर्तिपुर नगरपालिका-१० बस्ने ३७ वर्षीय नरेश श्रेष्ठ रहेका छन् ।
ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले धरानबाट काठमाडौंतर्फ जाँदै गरेको बा.४ ख ५०६० नम्बरको हायसलाई जाँच गर्ने क्रममा हायसमा सवार श्रेष्ठलाई उक्त लागूऔषध, नगद र मोबाइल सहित फेला पारी पक्राउ गरेको बताएका छन् ।
हाल यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएका छन् ।
Add Comment