आज सुदूरपश्चिमको मुख्यमन्त्री रावलले शपथ ग्रहण गर्दै

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्ने भएका छन् ।

उनलाई अपराह्न ४ बजे प्रदेश प्रमुख देवराज जोशीले पद् तथा गोपनियताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ ।

सत्ता साझेदार गठबन्धन दल नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा नेकपा एमालेका रावल मुख्यमन्त्री बनेका थिए ।

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख जोशीले उनलाई हिजो मुख्यमन्त्री नियुक्त गरेका थिए ।