विमान दुर्घटनामा वेपत्ता भएकाको खोजी जारी

काठमाडौँ । पोखराको सेती खोंचमा आइतबार भएको यती एयरलायन्सको विमान दुर्घटनामा परेकाहरुको सोमबार बिहानैदेखि उद्दार तथा वेपत्ताको खोजी कार्य सुरु भएको छ ।

काठमाडौँबाट पोखराका लागि प्रस्थान गरेको उक्त विमानमा चालक दलका चार सदस्यसहित ७२ जना सवार थिए । पोखरा विमानस्थल नजिकै सेती नदी खोँचमा भएको दुर्घटनामा सबै जनाको मृत्यु भएको भनिए पनि अझै तीन जनाको शव फेला परेको छैन ।

दुर्घटनामा परेको यती एयरलाइन्सको विमानको ‘ब्ल्याक बक्स’ भेटिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बिहान ‘ब्ल्याक बक्स’ भेटिएको जानकारी दिएका छन् ।

उद्धारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिएको र उद्धारमा खटिएका सुरक्षाकर्मीका अनुसार आइतबार साँझ ६३ र सोमबार बिहान ५ वटा शव बाहिर निकालिएको थियो ।