शव पहिचानका लागि फरेन्सिक टोलीलेद्वारा पोस्टमार्टमको काम सुरु

काठमाडौँ । यति एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचानका लागि काठमाडौंबाट आएका फरेन्सिक विज्ञ टोलीले पोस्टमार्टमको काम सुरु गरेका छन् ।

सोमबार दिउँसो काठमाडौंबाट पोखरा आइपुगेका फरेन्सिक विज्ञ चिकित्सकसहितका टिमले शव पहिचानका लागि पोस्टमार्टमको काम सुरु गरेको हो ।

त्रिवि शिक्षण अस्पतालका विशेषत्र डा. गोपाल चौधरी र डा.समारिका दाहालले पोखरा आएर शवको परीक्षण थालेका छन् । दुर्घटनामा परी ज्यान गुमाएकाको पहिचान तथा पोस्टमार्टमका लागि पोखरा र काठमाडौंका विज्ञ चिकित्सकसहितको टिम बनाएको बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले काठमाडौंबाट आएका फरेन्सिक विज्ञ चिकित्सकको टिमले छलफलपछि पोस्टमार्टम कार्यलाई अगाडि बढाएको जानकारी र्दिए ।

पोखरामा आफन्त भएका नागरिकको शवलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमै पोस्टमार्टम गर्ने र पहिचान नखुलेका, विदेशी नागरिक र चालक दलका सदस्यको शव पोस्टमार्टमका लागि काठमाडौं पठाइने छ ।

विमानमा ४ चालक दलसहित ७२ जना सवार थिए । दुर्घटनामा परेका अहिलेसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने ४२ जनाको शव पहिचान भएको हो ।