प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच बालकोटमा भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भेटवार्ता सुरु भएको छ ।

बालकोटस्थित ओली निवासमा आज बिहान १०ः२० बजे पुग्नुभएका प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच वर्तमान राजनीतिक परिवेश र मन्त्रिपरिषद् विस्तारबारे छलफल जारी रहेको बताएका छन् ।

पुस २६ मा प्रतिनिधिसभाबाट विश्वासको मत लिएपछि प्रधानमन्त्री दाहाल मन्त्रिपरिषद् बिस्तारको गृहकार्यमा रहेका छन् । आइतबार साँझ पनि उनीहरुबीच बालुवाटारमा भेटवार्ता भएको थियो ।

आजको भेटमा ओली–प्रचण्डबीच मन्त्रिपरिषद् बिस्तार, राष्ट्रपति र सभामुख निर्वाचनलगायत विषयमा छलफल भइरहेको ओलीको सचिवालयले जानकारी दिएका छन् ।

यसैगरी बुधबार हुने सभामुख निर्वाचन नजिकिएसँगै भेटवार्ता पनि बाक्लिएको देखिएको छ ।