विमान दुर्घटनामा ६८ जनाको पोस्टमार्टम तयारी, ४ जना अझै बेपत्ता

काठमाडौँ । पोखरामा भएको बिहान दुर्घटनामा परी मृत्यु हुने ६८ जनाको पोस्टमार्टमको तयारी गरिएको र बाँकी चार जनाको खोजी भइरहेको बताएका छन् ।

खोजीपछि शव भेटिएकाहरूको पोस्टमार्टमको प्रक्रिया सुरु गरिएको नेपाली सेना पश्चिम पृतनाका पृतनापति उपरथी दीपक कुमार बानियाँले जानकारी दिएका छन् ।

जहाजमा सवार ४ जनाको शव अझै नभेटिएको र सेती नदिमा बगेको हुनसक्ने भन्दै पानीमा खोजी सुरु गरिएको उनले जानकारी दिए । हाल शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिम अञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ रपोस्टमार्टमपछि शव आफन्तलाई जिम्मा लगाउने बताएका छन् ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन आइकाओको मापदण्ड अनुसार मात्र पोस्टमार्टम गर्नु पर्ने भएकाले सरकारी अनुमतिबाट मात्र गर्नु पर्ने भएकाले केही समय ढिलाइ भएको जानकारी दिएका छन् ।

सबै प्रक्रिया पुरा गर्ने गरी काम अघि बढाउने गरी सम्बन्धित निकायहरूको बैठक अहिले पोखरामा बसी रहेका छन् । आइकाओको नियमानुसार कानुनी प्रक्रिया पुग्ने गरी कागजात तयारी गर्ने भएको छ ।

अहिले अस्पताल परिसरमा ठुलो सङ्ख्यामा मृतकका आफन्तहरूको भीड रहेको छ ।