सिंहदरबारमा आन्दोलनकारी यातायात मजदुर संगठन र भौतिक मन्त्रीको नेतृत्वमा वार्ता जारी

काठमाडौँ । आन्दोलनकारी यातायात मजदुर संगठन र भौतिक पूर्वाधार मन्त्री सहित अहिले सिंदहरबारमा वार्ता जारी छ । सोमबार यातायात मजदुरहरुले आफ्ना मागका बारेमा वसपार्कमा आयोजना गर्न लागेको कार्यक्रममा हस्तक्षेप भएपछि आन्दोलनमा उत्रिएका थिए । आन्दालनका क्रममा प्रहरीको दूई वटा भ्यान सहित प्रहरी वीछ समेत जलाइएको थियो । । यातायात मजदुरहरुको समस्या समाधान गर्नका लागि अहिले मन्त्रालयमा सरकार तथा आन्दालनकारी वीच छलफल भईरहेको छ ।

मजदुरहरूको माग सम्बोधनका लागि यातायात व्यवस्था विभागले अधिकतम रूपमा लचकता अपनाएर विवाद समाधान गर्ने बताएको छ ।

मजदुरले उठाएको जरिवानाबापतको रकम घटाउने र ५ पटक कारबाहीमा परे अनुमतिपत्र खारेज हुने विषय यातायात व्यवस्था विभागले गठन गरेको कार्यदलको प्रतिवेदनअनुसार सम्बोधन हुने बताइएको छ ।

आफ्ना माग सम्बोधनका लागि दबाब दिन मजदुर संगठनहरूले मंगलबार उपत्यकामा सवारी हडताल आह्वान गरेका छन् ।