काठमाडौं । ‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालीन लक्ष्यसहित डिजिटल बैंकिङ्गलाई प्राथमिकता दिईरहेको एनआईसी एशिया बैंक र दरबारमार्ग स्थित दरबार मलमा रहेको केड कम्पनीवीच छुट सम्वन्धी सम्झौता भएको छ । सो कम्पनीमा किनमेल गरी डिजिटल भुक्तानी गर्ने एनआईसी एशिया बैकका ग्राहकहरुलाई २० प्रतिशत छुट हुने गरी सम्झौता भएको हो ।
सो सम्झौता पत्रका वैकका तर्फबा लाइफ स्टाइल बैंकिङ्ग युनिभर्स प्रमुख श्याम प्रसाद लामिछाने र केड कम्पनी प्रा.लि.का तर्फबाट प्रबन्ध निर्देशक डिप्रिना शाक्यले हस्ताक्षर गरेका छन् । उक्त समझदारी अनुसार यस बैंकमा खाता खोलेर मोबाइल बैंकिङ्ग (NIC ASIA MoBank) एप, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरिरहेका ग्राहकले उक्त केड
कम्पनीमा किनमेलगरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट प्राप्त गर्नु हुने छ भने बैंकका कर्मचारीहरुले २५ प्रतिशत
छुटको फाइदा लिन सक्ने वैकका नायव प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाँले जानकारी दिए ।
दरबारमार्गस्थित केड कम्पनीमा किनमेल गर्ने एनआईसी एशिया बैंकका ग्राहकलाई २० प्रतिशत छुट

Add Comment