प्रधानमन्त्रीले साझा राष्ट्रपति खोज्दा शंकर पोखरेलले किन रोजे ईश्वर पोखरेल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी राष्ट्रपति निर्वाचनका लागि साझा व्यक्ति भन्दै अभिव्यक्ति दिईरहेका बेला सरकार गठवन्धनमा रहेको एमालेले भने आफ्नै उम्मेदवार बनाउने तयारी गरिरहेको छ ।

साझा राष्ट्रपति भन्दै माओवादीले एमालेभित्र खेल्न खोजेको आरोप लगाउँदै एमालेले आफफ्नै उम्मेदवार बनाउने तयारी गरेको हो । अनौपचारिक छलफलमा माओवादीले एमालेभित्रको पात्रलाई आफ्नो अनुकुलमा ढाल्न खोजेको भन्दै पार्टी जो पठाउँछ त्यही उम्मेदवार हुन्छ भन्ने तहबाट पार्टी पदाधिकारी र स्थायी कमिटीका सदस्यहरुमा छलफल अघि बढेको हो ।

एमालेले पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई राष्ट्रपति बनाउने गरी केन्द्रीय तहमा छलफल गरिसकेको छ । एमाले महासचिव शंकर पोखरेलले पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल बोकेर हिँडेका छन् । ईश्वर पोखरेललाई राष्ट्रपति बनाउने हो भने आफ्नो गुट निकै बलियो हुने अभियानमा लागेको स्रोतको दाबी छ ।
ओलीको निरन्तरको अडानपछि एमाले–माओवादी केन्द्रसहितको सत्ता गठबन्धन दरार उत्पन्न भएको छ । ‘पोखरेललाई राष्ट्रपति बनाउने विषयमा ओली निकटका नेताहरुले निरन्तर कुराकानी गरिरहेका छन्’, बालुवाटार निकट स्रोतले भन्यो ।

महासचिव शंकरले बोकेका ईश्वर काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा निर्वाचनमा हारेका हुन् । ईश्वर आफू पनि पार्टीभित्र गुट चलाउने नेतामा पर्छन् । फेरि सांसदमा पराजित भएका नेतालाई राष्ट्रपति बनाउँदा जनमतले के भन्छ रु भन्ने प्रश्न पनि खड्किएको छ ।