आधुनिक भट्टीमा लठ्ठिने एमाले सदस्यधारी व्यक्ति को हुन् ?

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन नसक्ने बताएका छन् । ‘बेलुका बाटोमा सिधा भएर हिडन नसक्ने मान्छे देखियो भने त्यो एमाले होइन भन्ने जाने हुन्छ’ ओलीको भनाई छ ।

ओलीको भनाईलाई सापटी लिने हो भने एमालेको सदस्यता वोकेका अनि भ्रातृसंगठनको नेतृत्वमा बसेका अधिकांश मानिस हरेक दिन कुनै न कुनै आधुनिक भट्टी रसदपान गरिरहेको अवस्थामा भेटिन्छन् । त्यसो भए ती सदस्यता वोको व्यक्ति नक्कली एमाले हुन् कि सक्कली एमाले ओलीलाई जानकारी गराउनु पर्ला ।

अझ काठमाडौंमा विभिन्न व्यापारिक संस्थान एवं व्यवसायिक घरानाहरुको कार्यक्रममा पुगेर मस्त लठ्ठिने चौतारी निकट पत्रकारलाई एमाले भन्ने कि नभन्ने ? एमाले निकट भ्रातृसंगठनका अधिकांश नेता कार्यकर्ताहरु ओलीको भाषामा भने एमाले होइनन् । किन भने उनीहरु बेलुका बाटोमा हिड्दा सिधा भएर हिड्न सक्ने अवस्थामा भेटिँदैनन् ।