सप्तकोशीमा डुबेर ३ को मृत्यु

काठमाडौँ । आफन्तको श्राद्धमा गएका झापा दमक ९ का दुई दाजुभाइसहित ३ जनाको सप्तकोशी नदीमा डुबेर मृत्यु भएको छ ।

सप्तकोशीमा डुबेर मृत्यु हुनहरुमा दमक नगरपालिका–९ झापाका २१ वर्षीय नवीन न्यौपाने, उनका भाइ १९ वर्षीय रुद्र न्यौपाने र उर्लाबारी नगरपालिका ७ का राजु गुरागाईं रहेका छन् ।

गत बुधबार सप्तकोसी नदीमा नुहाउने क्रममा ३ जना बेपत्ता भएकोमा एकजनाको शव सोही दिन फेला परेको थियो । बेपत्ता भएका २ जनाको शव भने शनिबार मात्र फेला परेको बताइएको छ ।

बुधबारदेखि बेपत्ता भएका रुद्र र राजुको शव इटहरीस्थित बराह बाहिनी सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले गोताखोरबाट खटिएको टोलीले फेला पारेको जनाइएको छ । आफन्तको श्राद्धमा गएका उनीहरु सप्तकोशीमा नुहाउन पसेका थिए ।