बीरगंज, पुस । राष्ट्र जोगाऔं र महेन्द्रबादलाई जर्गेणा गरौ भन्ने नाराका साथ स्वर्गीय राजा महेन्द्र शाहको ९९ औं जयन्ती एवम् अस्तिबोध दिवस एक समारोहका बीच बीरगंजमा मनाइएको छ ।
राष्ट्रिय सरोकार मंच नेपाल नारायणीले बीरगंजको नगरसभा गृहमा रहेको स्वर्गीय राजा महेन्द्र शाह शालिकमा माल्यार्पण कार्यक्रममा सम्पन्न गरेको हो ।
कार्यक्रका प्रमुख अतिथी समाजसेबी एवम् राष्ट्रवादी पशुपति बिक्रम शाहले स्वर्गीय राजा महेन्द्र शाहको शालिकमा माल्यार्पण गर्दै राजावादीहरु एक जुट नभए तब सम्म कुनै प्रगती नहुने बताए ।
नले २०१७ सालमा स्वर्गीय राजा महेन्द्रले चालेको कदम जस्तै पुर्व राजा ज्ञानेन्द्र शाहले कदम नचालेसम्म देश र जनताले निकास पाउन नसक्ने बताए । राष्ट्रिय सरोकार मंच नेपाल नारायणीका संयोजक नन्दकिशोर गोयलको अध्यक्षतामा भएको कार्यक्रममा मंचका उपाध्यक्ष कमल घिमिरे, सचिव मकबुल मियाँ, नगर अध्यक्ष उपेन्द्र बरही, समाजसेबी उषा शाह, ज्ञानी प्रसाल कुर्मी, राजदेव राउत कुर्मी, बिष्णु प्रसाल सिलवाल, सन्दिप कुमार साह, राजजी यादव, प्रदीप केसी, साहिल अंसारी, अजय तिवारी, जनकलाल शाह, अरुण बिक्रम शाह लगायतकाले स्वर्गीय राजा महेन्द्रको शालिकमा माल्यार्पण गर्दै उनका जिवनीका बारेमा चर्चा गरेका थिए ।
Add Comment