आज सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य स्थिर रहेको जनाएको छ । महासंघका अनुसार आज आइतबारकै मूल्यमा सुन र चाँदीको कारोबार भइरहेको हो ।

यससँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ८ हजार १०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ७ हजार ६०० रुपैयाँ कायम छ । हिजो आइतबार पनि यही मूल्यमा सुनको कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य समेत स्थिर भएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १३ सय ६० रुपैयाँ कायम छ । हिजो समेत यही मूल्यमा चाँदीको कारोबार भएको थियो ।