भन्सार छलेर ल्याइएको सयौं बोरा अवैध मल र चामल बरामद

काठमाडौं । भारतीय बजारबाट भन्सार छलेर ल्याइएका ३ सय ५० बोरा अवैध मल रुपन्देहीबाट बरामद भएको छ ।

भन्सार छलेर ल्याइएका ४ लाख ३२ हजार मूल्य बराबरका ३ सय ४० बोरा ५० केजीको युरिया मल लुम्बिनी सांस्कृतिक नगरपालिकास्थित खुनगाईबाट बरामद भएको हो ।

बिहीबार साँझ साढे ७ बजे सडक किनारामा लुकाइछिपाइ राखेको अवस्थामा रुपन्देही प्रहरीले उक्त मल बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक श्यामू अर्यालले बताए ।

यस्तै, ५० केजीको बोरामा राखिएका ६४ बोरा चामल पनि त्यही स्थानबाट बरामद भएको छ । फेला परेका अवैध सामान स्थानियको रोहबरमा बरामद गरी आवश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय बुझाइएको प्रवक्ता अर्यालले बताए ।