सांसद अमरेशको आरोप : अहिलेको सरकार गेरुवा वस्त्र धारण गरेर मन्दिर मन्दिर घुमि रहेको छ

काठमाडौ । सांसद अमरेश कुमार सिंहले अहिलेको सरकार गेरुवा वस्त्र धारण गरेर मन्दिर मन्दिर घुमि रहेको आरोप लगाएका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकमा सांसद सिंहले प्रधानमन्त्रीले गेरुवा वस्त्र धारण गरेर छुवाछुत, जनजाति, दलित,मुस्लिमहरुलाई देशमा बस्न नदिने भनेर प्रण लिएको उल्लेख गर्दै सरकारलाई जे गरेपनि छुट छ भन्ने सोच नराख्न आग्रह गरेका छन्।

उनले भने,‘यो गेरुवा वस्त्र धारी सरकारको एकदमै सफा योजना छ,यो देशमा मुस्लिम बस्न पाउनु हुदैँन्, दलित बस्नु हुँदैन्। गेरुवा वस्त्रको नशामा जनतालाई दुःख दिने काम नहोस्, यो सरकारलाई हामी जे गरेपनि छुट छ,बजेट लुटे पनि छुट छ। चार जनाले बजेट लुट्या छ हामी संसद मौन छौँ। आत्मदाह गरिररहेको हुन्छ जनता, तर सरकार गेरुवा वस्त्र धारण गरेर मन्दिर मन्दिर घुमि रहेको छ। र छुवाछुत, जनजाति, दलित, मुस्लिम उनीहरुलाई यो देशमा सक्काउछु भनेर प्रण गर्नु भएको छ प्रधानमन्त्रीले गेरुवा वस्त्र धारण गरेर।’

सांसद सिंहले गरीव समुदायलाई सहयोग लागि प्रधानमन्त्री बनेको हो भने धनीहरुको पछि नलाग्न आग्रह गरेका छन् । उनले भने,‘प्रधानमन्त्रीले म गरीवको लागि बनेको होइन्,म विशाल ग्रुपको लागि बनेको हो जसको कर मैले छुट गरेको छु, चुरोटको कर कम गरको छ, प्रधानमन्त्री धनीको सेवा गर्नुहुन्छ भने देशको प्रधानमन्त्री नबन्नु देशको प्रधानमन्त्री बन्ने हो भने गरीव समुदायलाई सहयोग गर्न सक्नुपर्छ।’

यस्तै उनले अहिलेको सरकारले आलु,प्याजमा भ्याट लगाएर गौरवशाली काम गरेको छ भन्दै सरकार गेरुवा वस्त्रको नशामा रहेको बताए।