कोरियाबाट आएका नेपालीको सामान विमानस्थलबाटै हरायपछि भन्सार कार्यलयले दियो यस्तो जवाफ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सामान हरायो भन्नु कुनै नौलो कुरो होईन । किनकि यहाँबाट केजि का केजि सुन त सजिलै गाएब भैरहेका हुन्छन् ।हो अहिले फेरि दक्षिण कोरियाबाट आएका एक युवाले आफ्नो सामान हरायो भनेर फेसबुकमा हालेको स्टाटसले व्यापक चर्चा पाएको छ । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यलयमा आफ्नो सामान कसले लगेको हो त्यो हेर्न सीसीटीभी फुटेज देखाउन पनि त्यहाँका कर्मचारीले नमानेको बताएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यलयमा प्रमुख भन्सार अधिकृत अम्बिका प्रसाद खनालले आफूले पनि फेसबुक स्टाटसबाट नै कोरियामा काम गरेर नेपाल आएका व्यक्तिको सामान हराएको जानकारी पाएको बताए ।

उनले भने, ‘मैले पनि अहिले भन्सारबाट सामान हराएको कुरा फेसबुकबाट थाहा पाएको हो । त्यती बेला भन्सार को डिउटीमा थियो भनेर हामीले खोजी गरिरहेका छौं । समय ठ्याकै थाहा नभएर के भएको हो जानकारी हुन सकेको छैन । मैले ४ जना साथीहरुसँग कुरा बुझ्दा उहाँहरुले जानकारी नभएको बताएका छन् । भन्सारबाट सामान हराउने भन्ने हुँदैन । कोरियाबाट आएका नेपालीका साथीहरुले नै सामान लगेको हुनसक्छ वा छुटेको पनि हुनसक्छ । सीसीटीभी हेरेपछि प्रष्ट हुन्छ ।’

सामानको विषयमा आज के हो अध्ययान भएर बाहिर आउने समेत उनले बताए । असार १५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका स्याङ्जाका छबिलाल भण्डारीले आफ्नो प्रयोग भएको दुई मोबाइलको कर ४४ हजार १६९ तिरेका बिलबाट देखिन्छ ।विमानस्थल भन्सारले आइफोन १३ र आइफोन १२ (प्रयोग भएको)मोबाइलको करवापल सो रकम लिएको उनले बताएका छन् ।

६ वर्षमा कोरिया बस्दा हरेक पटक रेमिट्यान्सबाट नेपालमा पैसा पठाए वाफत सरकारले आफूलाई यो सजाय दिइएको गुनासो उनको छ ।
यस्तै उनले आफ्नो लजेगको २५ प्रतिशत सामान विमानस्थलबाट हराएको र सोको रिपोर्ट गर्दा पनि विमानस्थल कार्यालयले ध्यान नदिएको बताएका छन् ।

सरकारले गत बैशाखमा विदेशबाट आउँदा दुईवटा सम्म मोबाइल ल्याउन पाउने निर्णय गरेको थियो ।मन्त्रिपरिषद्बाट नै निर्णय भएर लागू भएको थियो । अहिले दुईवटा मोवाइलको भन्सार तिर्नुपरेको गुनासो आएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ध्यानाकर्षण भएको जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डको सचिवालयले घटनाको अनुसन्धान भइरहेको बताएको छ । उनको सचिवालयले भन्यो, ‘घटनाबारे प्रधानमन्त्री ज्यूलाई कुरा पुगिसकेको छ । अध्ययन भइरहेको छ । सत्यतथ्य कुरा बुझेपछि एक्सन लिने कुरा भएको छ ।’