आज श्री एयरलाइन्सका सबै उडान स्थगन

काठमाडौं । आज (आइतबार)  श्री एयरलाइन्सका सबै उडान स्थगन गरिएका छन्।

एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले जारी गरेको प्रेस नोटअनुसार आइतबारका सबै उडान स्थगन गरिएको हो।

शनिबार (हिजो) दिउँसो साढे ३ बजे काठमाडौंबाट धनगढीका लागि उडेको विमानमा प्राविधिक समस्या आएपछि काठमाडौं नै फर्काइएको थियो।

सो घटनापछि एयरलाइन्सले आफ्ना सबै विमानको प्राविधिक परीक्षण गर्न आज एक दिनका लागि सबै उडान रोकेको हो।

भोलि देखि भने सबै उडान नियमित हुने एयरलाइन्सले जनाएको छ।