विवाह भनेको बलात्कारको लागि लाईसेन्स हो : उपसभामुख इन्दिरा राना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभामुख बन्न सफल भएकी इन्दिरा रानाले विवाहलाई बलात्कारको लाईसेन्स भएको बताएकी छिन् । एक गैरसरकारी संस्थाको कार्यक्रममा उनले महिला अधिकारको चर्चा गर्दै विवाहलाई बलात्कार गर्ने लाईसेन्स भएको बताएकी हुन् । उपसभामुख जस्तो व्यक्ति भएर विश्वभर नै चल्दै आएको विवाहको परम्परालाई बलात्कार भएको महसुस गर्नुले अधिकार क्षेत्रका काम गर्दै आईरहेका व्यक्तिहरुलाई समेत लज्जित बनाएको छ ।

महिला अधिकारका क्षेत्रमा काम गर्दै आईरहेका महिला अधिकारकर्मीहरुले उपसभामुखको यो भनाईप्रति अहिलेसम्म कुनै पनि प्रतिक्रिया जनाएका छैनन । उपसभामुख कै भनाईलाई उदृत गर्ने हो भने विश्वभर का महिला र पुरुष वीच हुने गरेको विवाह बलात्कार हो ? यो भनाईलाई कसरी बुझ्ने होला ? (भिडियो हेर्नुस)