निगमले घटायो इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले सोमबार राती १२ बजेबाट लागु हुने गरी इन्धनको मूल्य घटाएको छ।

ईण्डियन आयल कर्पोरेशन लिमिटेडबाट १ जुलाईमा प्राप्त नयाँ मूल्य अनुसार आयल निगम सञ्चालक समितिको बैठकले यस्तो निर्णय लिएको अधिकारीहरूले जनाएका छन्।

पछिल्लो निर्णय अनुसार सोमबार मध्यरातबाट पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रति लिटर ७ रुपियाँ ५० पैसा देखी पाँच रुपियाँसम्म घटेको छ।

आन्तरिकतर्फको हवाई इन्धनमा प्रति लिटर १४ रुपियाँ र अन्तर्राष्ट्रियतर्फ प्रति किलोलिटर ११५ अमेरिकी डलरले घटाइएको निगमको भनाई छ।