सीता दाहालको राजकीय सम्मानसहित अन्तिम बिदाइ, हिन्दु संस्कारअनुसार दाहसंस्कार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा आज राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको हो ।

दाहालको निधनपछि सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठकले उनको त्याग र योगदानप्रति आत्मसात गर्दै नेपाली सेनाको एक टुकडीद्वारा सलामी दिने व्यवस्था सरकारले मिलाएको थियो।

बिहान नर्भिक हस्पिटलमा निधन भएपछि सीताको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा राखिएको थियो । पेरिसडाँडाबाटै अन्तिम संस्कारका लागि पशुपति लगिएको हो ।