खोलाले बगाउँदा १ महिलाको मृत्यु

काठमाडौं । डडेल्धुराको गन्यापधुरामा खोलाले बगाउँदा ६२ वर्षीया वृद्धाको ज्यान गएको छ ।

गन्यापधुरा गाउँपालिका–४ को खारीखोला तर्ने क्रममा कुलेडी गाउँकी दुर्गा बोहराको ज्यान गएको हो ।

खोला तर्ने क्रममा बोहरा बेपत्ता भएकी थिइन् । बिहीवार दिउँसोदेखि गन्यापधुरा लगायत डडेल्धुराका विभिन्न स्थानमा ठूलो वर्षा भएको थियो । वर्षाकै कारण खोला उर्लिएर आएको स्थानीय लोकेन्द्र पनेरुले बताए ।

खोलाले बगाउँदा बेपत्ता भएको खबर स्थानीयले प्रहरीलाई गरेका थिए । उनको खोजतलास गर्ने क्रममा शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए । उनी बगेको स्थानबाट १ किलोमिटर तल शव फेला परेको प्रनाउ भट्टले बताए ।

बिहीवार दिउँसो २ः३० बजेको समयमा बोहरालाई खोलाले बगाएको प्रहरीले जनाएको छ । खारीखोला गन्यापधुरा गाउँपालिकाको सदरमुकामबाट पैदल १ घण्टाको दूरीमा पर्छ ।