बाटोमा लत्रिएको बिजुलीको तारले करेन्ट लाग्दा एक जनाको मृत्यु

काठमाडौं । बाटोमा लत्रिएको बिजुलीको तारले करेन्ट लाग्दा ललितपुरमा एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुरको गोदावरी नगरपालिका–५ लेले सौरभञ्ज्याङ बस्ने २६ वर्षीय राजु सिङताङ रहेको प्रहरीले जनाएको छ ।

मंगलबार बिहान मर्निङवाक गर्न जाने क्रममा घर नजिकैको बाटोमा लत्रिएको थ्री फेजको बिजुलीको तार टेकिएर करेन्ट लाग्दा उनको मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ ।

करेन्ट लागेको खबर प्राप्त हुनासाथ प्रहरी वृत्त चापागाउँबाट खटिएको टोलीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।