प्रमाणको आधारमा सुन प्रकरणको दोषिलाई कारबाहीको दायरामा ल्याउनेछौं : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले तथ्य र प्रमाणको आधारमा सुन प्रकरणको दोषिलाई कारबाहीको दायरामा ल्याउने बताएका छन् ।

मंगलबार गोरखामा आयोजित पत्रकार भेटघाटमा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन्।

१०० किलो सुन प्रकरणलाई लिएर सत्ता गठबन्धनकै केही नेताहरुले गृहमन्त्रीको राजीनामा मागेको बारे पत्रकारहरुले गरेको प्रश्नमा मन्त्री श्रेष्ठले आफूले त्यसलाई अस्वाभाविक रुपमा नलिएको बताए। विभिन्न ढंगबाट यो भ्रष्टाचार विरोधी अभियान रोक्न प्रयास भएको उनको भनाई छ। यद्यपी, समृद्धिको लक्ष्य हासिल गर्न यो सरकार प्रतिबद्ध रहेको उनको भनाई छ।

आफ्नै पार्टीभित्र र वर्तमान सत्ता गठबन्धनभित्र पनि भ्रष्टाचारी हुन सक्ने भएकाले भ्रष्टाचारविरुद्धको अभियान रोक्ने प्रयास हुनु स्वाभाविक भएको उनको भनाई छ। तर, भ्रष्टाचार विरोधी अभियान रोक्ने प्रयास असफल बनाउने र समृद्धिको लक्ष्य हासिल गर्ने उनको भनाई छ।