सुन तस्करी प्रकरण सदनलाई जानकारी गराउन राप्रपाको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले त्रिभुवन विमानस्थलको भन्सार कार्यालयबाट सय किलो सुन भित्रिएको घटनामा सदनलाई जानकारी गराउन माग गरेको छ ।

राप्रपाले उक्त प्रकरणमा सही छानबिन आवश्यक रहेको भन्दै गृहमन्त्रीको जवाफ नआएसम्म सदन चल्न नदिनेसमेत जनाएको छ ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने गृहमन्त्री र अर्थमन्त्रीले सुन प्रकरणमा नैतिक जिम्मेवारी लिनुपर्ने र नैतिकताको आधारमा राजीनामा दिनुपर्नेसमेत माग राखेको छ ।