कोसी प्रदेशका मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्चमा दायर रिटको अन्तिम फैसला हुँदै

काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्ध सर्वोच्चमा दायर रिटमाथि अन्तिम फैसलाका लागि पूर्ण इजलासमा सुनुवाइ सुरु भएको छ ।

सर्वोच्चका न्याायधीशत्रय आनन्दमोहन भट्टराई, ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठ सम्मिलित पूर्ण इजलासले यस मुद्दाको सम्बन्धमा अन्तिम फैसला गर्न लागेको हो ।

मुख्यमन्त्रीमा थापालाई नियुक्त गर्दा माओवादी केन्द्रबाट निर्वाचित भएर दल त्याग गरिसकेका सभामुख बाबुराम गौतमको हस्ताक्षर प्रयोग गरेको भन्दै निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्की सर्वोच्च गएका थिए । गत असार २२ गते सर्वोच्चमा रिट दायर गर्दै कार्कीले असम्बैधानिक रुपमा थापालाई मुख्यमन्त्री नियुक्त गरिएको भन्दै उनको नियुक्ति बदर गरेर आफुलाई मुख्यमन्त्री बनाउन परमादेश माग गरेका छन् ।

थापाका रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले असार २७ गते विपक्षीका नाममा लिखित जवाफ पेस गर्न आदेश जारी गर्दै साउन ७ गतेबाट निरन्तर सुनुवाई गर्ने आदेश जारी गरेको थियो ।

उक्त रिटमा गत सोमबार सुनुवाई गर्दै न्यायाधीशद्धय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले पूर्ण इजलासमा पठाउने आदेश जारी गरेको थियो ।